
फाइल तस्वीर
काठमाडौं । उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमले एमालेसँग गरिएको समिकरण टुट्ने र नयाँ समिकरणमा राजनीति कोर्ष अगाडि बढ्ने संकेत देखिएको बताउनुभएको छ ।
माओवादी उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले समिकरण जोसँग भएपनि माओवादीकै नेतृत्वमा सरकार रहने दाबी गर्नुभयो । पार्टीको दुई महिने बैचारिक राजनितिक तथा सांंगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै श्रेष्ठले एमालेसँगको सहकार्य अब करिब टुङ्गिएको बताउनुभयो ।
एक फरक, प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले भौतिक पुर्वाधारको क्षेत्रमा भईरहेका काम तथा गतिविधीलाई चुस्तदुरुस्त बनाउने काम तिव्रताका साथ भईरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्