
काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरु भएको ।
बैठकमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल पुगेका छन् । बैठकमा जसपा, लोसपा, जनमत र नागरिक उन्मुती पार्टीबाट पनि नेताहरु सहभागी भएको बताइएको छ ।
बिहान बसेको कांग्रेस, माओवादी, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । त्यही विषयलाई मूर्तरूप दिनको लागि अहिले बैठक बसेको हो ।
एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति मार्फत राष्ट्रपति चयन हुनुपर्ने भन्दै एमालेलाई राष्ट्रपति दिन नचाहनुभएको हो । पुरानो गठबन्धनमा पनि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आकांक्षी छन् । माधव नेपाललाई पछि एक वर्ष प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्