
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको २ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकीय इनिङ खेले । नेपालका हेमन्त धामी र सुबाश भण्डारीले २/२ विकेट लिए । विशाल बिक्रम केसीले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो ।
नेपालका लागि आकाश त्रिपाटीले ७८ रनको अर्धशतकीय ईनिङ खेले । विशाल विक्रम केसीले अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । सिंगापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान २÷२ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुने छन् ।
प्रतिक्रिया दिनुहोस्