
प्रतीकात्मक ।
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–५ का ५० वर्षिय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
माझीलाई गोठमा जाँदा जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । गम्भीर घाइते माझीलाई उपचारको लागि हेटौँडा लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्