
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने बताउनुभएको छ ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उहाँले बताउनुभयो ।
कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताउनुभयो । उहाँले नेकपा एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताउनुभयो ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनपछि जसपा सरकारमा जाने बताउनुभयो । जसपाका अर्का नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताउनुभयो । उहाँले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताउनुभयो ।
पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ । नेता यादवले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्