१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना


143
Shares

अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

सदरमुकाम सन्धिखर्कमा भएको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्यालले राज्यले गर्नुपर्ने शिविर यातायात व्यवसायीले गरेकोमा धन्यवाद दिनुभएको हाे । उहाँले शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने समेत बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर निःशुल्क औषधिसहितको शिविरको आयोजना गरिएको देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिनुभयो ।

मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा आयाेजना भएको शिविरमा विशेषज्ञ डक्टरसहितको फिजिसियन सेवा, हाडजोर्नी तथा नसारोग सेवा,स्त्री तथा प्रस्तुति रोग सेवा नाक-कान-घाँटी रोग सेवा र सर्जरी विषेशज्ञ लगायतका सेवाहरु रहेका छन् ।