८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राज्यले अपमान गरेकाे यातायात व्यवसायीको गुनासो


156
Shares

दाङ । देशभर ३ लाख १७ हजार भन्दा बढी सार्वजनिक सवारी साधनहरू सडकमा गुडिरहेका छन् ।

१० अर्ब भन्दा बढी लगानी गरेर निजी क्षेत्रले सञ्चालन गरेको सवारी साधनहरूले अहिले धेरै समस्या भोग्दै आएका हुन् । एकातिर सडक राम्रो नहुनु, बैंकको ब्याज बढेर व्यवसायी पलायन हुने अवस्थामा पुग्नु र अर्कोतर्फ राज्यले कर लिएर व्यवसायीको समस्यालाई ध्यान नदिएको व्यवसायीहरूको गुनासो छ।

बैंकहरूको ब्याजदरका कारण निजी क्षेत्रहरू ध्वस्त हुने अवस्थामा पुगेको यातायात व्यवसायी बताउँछन् । बैंकहरूको ब्याजदरका कारण व्यवसायीहरूले आत्म हत्या गर्ने अवस्था आएको भन्दै सरकार र राष्ट्र बैंक भने मौन बसेको नमस्ते यातायात प्रालि दाङका अध्यक्ष निरज चलाउनेकाे आरोप छ।

सवारी सडकका चलाउँदा अकस्मात हुने दुर्घटनालाई सरकारले जबरजस्ती रुपमा चालकका कारण दुर्घटना भएको भन्दै चालकलाई हिरासतमा राख्ने गरेको व्यवसायीहरूकाे भनाइ छ । त्यति मात्र नभइ सरकारले सवारी बिमामा पनि उल्लङ्घन गर्दा आफूले समस्या भोग्दै आएको बागेश्वरी यातायात प्रालि बाँकेका अध्यक्ष मनप्रसाद आचार्यले बताउनुभयाे ।

यातायात पेशालाई मर्यादित र व्यवस्थित बनाउनको लागि आफूबाट सुरु गर्नुपर्ने र त्यसपछि मात्र राज्यसँग आफ्ना अधिकारहरू राज्यसँग खोज्नु पर्ने व्यवसायीहरूको भनाइ छ । देशमा अहिले ३ लाख १७ हजार सार्वजनिक सवारी साधनहरू सडकमा गुडिरहेको र अहिले व्यवसायीहरूलाई मानसिक रुपमा तनाव भइरहेको अवस्थामा पनि सार्वजनिक सवारीका साधनहरू चलाउँदै आएको उनीहरूले बताएका छन् ।

राज्यले यातायात व्यवसायीलाई लगाउँदै आएको संगीत कर खारेजी गर्न समेत माग पृथ्वी राजमार्ग वस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसी गर्नुभएकाे छ । नेपाल यातायात राष्ट्रिय महासंघले भने विगतको दुई तिहाइको सरकारले यातायात व्यवसायीहरूमाथि सिन्डिकेटका नाममा स्वदेशमै लगानी गर्ने व्यवसायीहरूलाई अपमान गरेको आरोप लगाएको छ । राज्यले यातायात सञ्चालन गर्न नसक्ने भन्दै अधिकार प्राप्त प्राधिकरण गठन गर्नुपर्ने पनि माग नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय बहादुर स्वाँरले गर्नुभयाे ।

यता स्थानीय तहका जनप्रतिनिधिहरूले भने सडक अस्तव्यस्त हुँदा यातायातका साधन सञ्चालनमा समस्या भइरहेको बताएका छन् । उनीहरूले यातायात क्षेत्रलाई राज्य सहज वातावरण नगरेको पनि स्वीकार गरेकाे छ । एकातिर सडकका कारणले र अर्कोतर्फ देशको अर्थतन्त्रका कारण व्यवसायीहरूले मार खेप्दै आएका छन् ।

तुलसीपुर उपमहानगर दाङका प्रमुख टिकाराम खड्काले यातायात क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका रहेको भन्दै उनीहरूको लगानी सुरक्षित गर्ने सरकारको दायित्व भएको बताउनुहुन्छ । सडकहरू समय मै निर्माण हुन नसक्दा नागरिकहरुले अकालमै ज्यान गुमाएको उहाँकाे भनाइ थियाे ।