२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजार सामान्य वृद्धि


52
Shares

काठमाडौं । साताको सुरुको दिन शेयर बजार सामान्य अंकले हरियो रहेको छ ।

दिनभर तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से साढें ४ अंकले हरियो रहेर २ हजार २७ कायम रहेर थामिएको हो ।

लघुवित्तमा राष्ट्र बैंकको कडाईसंग गत बिहीबार बजारमा ५७ अंकको पहिरो गएको थियो । यस दिन कारोबार भने बिहीबार सरहै अढाई अर्ब हाराहारी रहेको छ । यस दिन ८ वटा समूह सकारात्मक रहँदा ५ वटा समूह ऋणात्मक रह्यो ।

वाणिज्य बैंक, जीवन बीमा, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार समूहबाहेक बाँकी समूह उकालो लागे । बिहीबार १० प्रतिशत गिरावट आएको लघुवित्त समूह यस दिन सबैभन्दा उच्च करिब ३ प्रतिशतले उकालो लाग्यो ।

होटल तथा पर्यटन, विकास बैंक, वित्त, जलविद्युत, निर्जीबन बीमा समूह पनि दोहोरो अंकले उकालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६२ कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर २ अर्ब ५३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ४६ कम्पनीको शेयर मूल्य उकालो लाग्दा ६२ को घट्यो । यसदिन विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त लगायत कम्पनीका शेयरधनीले सबैभन्दा उच्च ७ प्रतिशत बढी कमाए ।