
काठमाडौं । काठमाडौं उपत्यकामा परेको वर्षाका कारण केपी ओली कप फुटबलको आइतबारको खेल प्रभावित भएको छ ।
लामो समयपछि काठमाडौं उपत्यकामा परेको वर्षाले एन्फा कम्प्लेक्समा जारी प्रतियोगितालाई प्रभावित बनाएको हो ।
प्रतियोगिताको सेमिफाइनलमा आर्मी र सातदोबाटो प्रतिस्पर्धामा उत्रिएका थिए । दोस्रो हाफको खेल चलिरहदाँ मेघगर्जन सहित वर्षा भएपछि खेल रोकिएको हो ।
दोस्रो हाफको खेल सोमबार बिहान ११ बजे खेलाईने बताईएको छ । दुवै टोली गोल रहित अवस्थामा थिए । दोस्रो सेमिफाइनलमा सोमबार दिउँसो ३ बजे मछिन्द्र र आयोजक क्लब भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा सञ्चालन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्