
काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् ।
पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् ।
हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको थियो । यो वर्षाले धेरै राहत भएको कृषकहरू बताउँछन् । म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेती योग्य जमिन मध्ये १९ हजार ४ सय ९८ हेक्टर जमिनमा खेती हुने गरेको छ ।
जस मध्ये पनि ३०.८ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्