२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित


182
Shares

काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको साेमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । रहमानको गत शनिबार हृदयघातका कारण निधन भएको थियो ।

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी हुनुहुन्थ्यो । झापाकी स्थानीय वासीन्दा रहनुभएकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको थियो । रहमान जनता समाजवादी पार्टकी केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएकाे छ ।