८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


छथर जोरपाटीमा दुई दिने स्वास्थ्य शिविर सुरु


169
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सोमबाआरदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा छथर जोरपाटी गाउँपालिकाको सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

शिविरमा मुटु रोग, सुगर, प्रेसर, स्त्री रोग हाडजोर्नी तथा नाशा रोग, भिडियो एक्सरे, दम तथा फोक्सो लगायतका रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट परिक्षण र उपचार गरिने छथर जोपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान ढंगोलले जानकारी दिनुभयो ।

आर्थिक रुपले कमाजोर नागरिकहरुलाई गाउँघरमै स्वाथ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिकाक अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो ।