२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी यू–१९ एसिया विश्वकप छनोट क्रिकेटकमा नेपालको लगातार तेस्रो जित


2.418k
Shares

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

संयुक्त अरव इमिरेट्स (यूएई)को अजमानमा भइरहेको प्रतियोगितामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएको थियो ।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यसैगरी उत्तम थापा मगरले अविजित ३९ रन बनाए । त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले हङकङलाई ९ विकेटले पराजित रेको हो ।

आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे । अर्जुन कुमालले १६ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका उनले ३६ बल खेल्दै २ चौका प्रहार गरे ।

हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए ।प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।