
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जानुहुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार फागुन १९ गते श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानुहुने छ भने २३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ ।
एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदै छ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ विषयमा बहस हुँदै छ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्