२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, अझै बीस प्रतिशत जनता अन्धकारमा


169
Shares

डडेल्धुरा । डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ भने अझै बीस प्रतिशत जनता अन्धकारमा जिवन यापन गरिरहेका छन् ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका अघिकांश वस्तिहरुमा बिजुली पुगे पनि अन्य पालिका सहित गरि करिब २० प्रतिशत घरधुरीमा विस्तार हुने काममा बिद्युत ठेकेदारका कारण स्थानीय अझै अन्धकारमै बस्न बाध्य भएका हुन ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरि सात स्थानीय तह रहेको जिल्लाका अधिकांश क्षेत्रमा विद्युत पुगेको हो ।

सदरमुकाम अमरगढी नगरपालिकाका क्षेत्रमा ९५ प्रतिशत विद्युत बिस्तार भएको छ र तर दुर्गम ग्रामीण बस्तीमा भने बिजुली पुग्न सकेको छैन । विद्युतीकरणका लागि टेण्डर भएका कामहरु समयमै हुन नसक्दा समग्र जिल्लामा २० प्रतिशत र सदरमुकामका दुर्गम क्षेत्रमा बिजुली पुग्न नसकेको हो ।

सदरमुकाम भन्दा टाढा टाढाका विद्यार्थीले पठनपाठन तथा स्थानीयहरुले दैनिक कामकाजका लागि सोलार बत्तिको प्रयोग गरिरहेका मात्र छैनन्, मोबाईल लगायत सञ्चारका माध्यमहरु चार्ज गर्न यात सोलार प्रयोग गर्नु पर्छ या पालिका केन्द्र धाउनु पर्ने छ । यस्तै, कुटानी पिसानीका लागि पनि पालिका केन्द्र धाउनु पर्ने बाध्यता रहेको छ ।

विद्युतीकरणका लागि गाडिएका पोलहरु र अन्य निर्माण सामग्री अस्तव्स्त अवस्थामा छाडिएको छ । डडेल्धुरमा २२ हजार २ सय ४३ ग्राहकबाट मासिक ७२ लाख राजश्व आम्दानी हुने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

मानविय जीवनको अपरिहार्य आवश्यकता बनिसकेको बिजुली सुविधालाई ढिलासुस्ती नगरी अधुरा कामलाई यथाशिघ्र सम्पन्न गरि हरेक घरधुरीलाई उज्यालो बनाउन र नागरिकलाई सुशासनको प्रत्याभूति गराउन स्थानीय सरकार र प्राधिकरण जिम्मेवार हुनु पर्ने स्थानीयको माग छ ।