२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा २४ अंकको गिरावट


130
Shares

काठमाडौं । बुधबार शेयर बजार नेप्सेमा २४ अंकको गिरावट आएको छ ।

कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९ सय ९५ अंकमा आएर रोकिएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ३७ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय अंकको बिन्दुतर्फ आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

बुधबार यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३ रुपैयाँ पुगेको छ । बुधबार एकै दिन यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको हो । यस्तै, बोटलर्स नेपाल तराईको शेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको शेयर कित्तामा १३३५ रुपैयाँले घट्दै १२ हजार ५६४ रुपैयाँ कायम भएको छ ।

बुधबार नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । बुधबार ८ करोड ७२ लाख रुपैयाँको किनबेच भएको हो । यसपछि शिवम सिमेन्टको शेयर ८ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन् ।