
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्स (युएई) को दुबई गएका छन् ।
सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले सन्दीपलाई युएई पठाउने तयारी गरेको थियो । हाल युएइमा रहेका नेपाली टिमका श्याम ढकाल (मौसम) अभ्यासका क्रममा चोट लागेपछि उनको स्थानमा खेल्न सन्दीप युएई गएका हुन् ।
उनी बुधबार ३ बजे युएई तर्फ उडेका हुन् । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्लैछ ।
प्रतिक्रिया दिनुहोस्