
बर्दिया । बर्दियाको गुलरिया-बारबर्दिया सडक अन्तर्गत पर्ने जब्दिघाट पुलमा दुर्घटनाको जोखिम बढेको छ ।
२०७९ असोजमा आएको बाढिले पुल भत्किए पनि कुनै संकेत नराखिदा दुर्घटनाको जोखिम बढेको हो ।
सोही पुलबाट आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी गेरुवा गाउँपालिका १ थापापुरका युवराज उपाध्याय घाइते भएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सो ठाउँमा तत्काल संकेत जनाउने होर्डिङ बोर्ड राख्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्