
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सांसदलाई अभिमुखीकरण गर्ने भएको छ ।
२५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ ।
पौडेललाई नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दलले समर्थन गरेका छन् । कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनका आठ वटै दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण गर्न लागेको हो ।
मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले आठवटै दलका सांसदलाई भोलि राष्ट्रपति निर्वाचन केन्द्रीय अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिनुभयो । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा हुने कार्यक्रममा आठ दलका नेताहरूले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्