
काठमाडौं । पोखरालाई हवाईमार्फत पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् ।
निजी क्षेत्रको बुद्ध एयरले आउँदो फागुन २५ बाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सम्पर्कमार्फत पूर्व-पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्ने बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।
काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट भद्रपुरका लागि उडान थपिने छ । पोखरा-भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्य जिल्लासँगको सम्पर्क बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने भन्दै व्यवसायीहरु उत्साही भएका हुन ।
प्रतिक्रिया दिनुहोस्