
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटलीका एनिसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनिस यसअघि बेलिजको राष्ट्रिय टिमको प्रशिक्षण गरेका थिए । इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए । त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए ।
यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनिसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए । अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनिसले काम गर्ने छन् । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुने छन् ।
यस्तै, वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्