
काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका दुई जना कर्णेल पक्राउ परेका छन् ।
उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध गत आइतबार कोर्ट मार्सल गठन गरेको थियो । पक्राउ परेका यी २ अधिकृतको पनि सोही कोर्ट मार्शलमा सुनुवाइ हुने छ ।
सैनिक मुख्यालयका अनुसार दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्