१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीलाई राष्ट्रपति रनिङ शिल्ड


26
Shares

कैलाली । १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सकिएको हो ।

कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरुका झण्डै एक हजार बढी खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका विजयी भएको छ । धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्य सहित २६ पदक जितेको छ । घोडाघोडी नगरपालिका दोस्रो भएको छ । घोडाघोडीले १६ स्वर्ण ४ रजत र ११ कास्य पदक सहित ३१ पदक जितेको छ । प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो । गोदावरीले ८ स्वर्ण ८ रजत र १० कास्य सहित २६ पदक जित्यो ।

प्रतियोगितामा सहभागी टीकापुर नगरपालिकाले ५ स्वर्ण ७ रजत ६ कास्य सहित १८ पदक जित्दा लम्की चुहा नगरपालिकाले दुई स्वर्ण ४ रजत र ७ कास्य सहित ९ पटक जितेको छ । जानकी गाउँपालिकाले एक स्वर्ण ४ रजत र ७ कास्य सहित १२ पदक जितेको छ ।

प्रतियोगितामा सहभागी गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न सकेनन् । भजनी र जोशीपुरकले रजत पदक पनि जित्न नसकेको कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले सुदुरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।

प्रतियोगिताका बिजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जानकीदेवी कुँवर रहनु भएको थियो ।