२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेह्रथुममा आठराई गाउँपालिका अध्यक्ष रनिङ कप जारी


585
Shares

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङ झाँक्री गुफामा ऐतिहासिक गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ ।

खेलकुद पर्यटन विकास गर्ने उदेश्यका साथ भव्य कार्यक्रमकाबीच बुधबारबाट सुरु भएको हो ।प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरूष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य र धान, ब्याडमिन्टन डब्बल र माध्यमिक विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता हुने भएको छ ।

गाउँपालिकाको ग्रामीण क्षेत्रमा ओझेलमा पर्दै आएका प्रतिभाहरुलाइ यय प्रतियोगिताले अवसर दिने भएको छ । खेलकुदलाई प्रवर्द्धन गर्न सक्ने हो भने आठराईको शान, पहिचान र परिचय खेलकुदबाट दिन सक्ने गाउँपालिकाका प्रवक्ता कृष्ण बास्कोटाले बताउनुभयो।

विभिन्न जातजातिहरुको मौलिक संस्कृतिका झाँकीहरुकाबीच प्रतियोगिताको उद्घाटन गरिएको छ । आठराईमा रहेका युवाहरुलाई अगाडि सार्दै खेलकुद विकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो।

गाउँपालिकाले खेलकुद क्षेत्रलाई विकास गर्न विगतदेखि नै विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । जिल्लाको पर्यटन विकासका निम्ति एकीकृत योजना बनाउन जरुरी रहेको र यसको लागि विगतदेखि नै लाग्दै आएको प्रतिनिधि सभा सदस्य सीता गुरुङले बताउनुभयो।

यहि फागुन १७ गतेदेखि सुरु भएकाे प्रतियोगिता २४ गते सम्पन्न हुने भएको । गृह जिल्लासहित पाँचथर, ताप्लेजुङ र झापा लागायतका जिल्लाको सहभागिता रहेको छ ।