१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीको गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय बढी लाभान्वित


26
Shares


म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा बुधबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

धवलागिरी गाउँपालिका–१ म पर्ने गुर्जामा दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरमा आयोजना भएकाे हाे । शिविरमा ३ सय १२ जना बिरामीहरू सेवा लिएकाे गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभएकाे हाे ।

पोखराको फिस्टेल अस्पतालका फिजिसियन डाक्टर शिव भट्टराईको नेतृत्वमा गुर्जा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सम्बन्धी सेवा दिइएको थियो । शिविर सञ्चालनका लागि मुगुङग्वा संस्थाका लिम झुङगको नेतृत्वमा संस्थाका प्रतिनिधि र चिकित्सकको टोली हेलिकाेप्टर चढेर गुर्जा पुगेका थिए ।

छिमेकी वडा लुलाङदेखि पूरै दिन जंगल, भीर र खोल्साको बाटो हिडेर पुगिने गुर्जाका वासीन्दाले गाउँमै चिकित्सक मार्फत सेवा पाउँदा राहत महशुस गरेका छ् । संस्थाको टोलीले गुर्जा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान अटो कल्याप, औषधि र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकाे छ ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्ये सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका वासीन्दालाई गाउँमै चिकित्सक मार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविरकाे आयोजना गरिएको जनाइएको छ ।