२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा २६ अंकको गिरावट


26
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ ।

बिहीबार २६ अंकले घटेर १९ सय ६९ अंकमा थामिएको छ । बिहीबार कारोबारमा आएका मध्ये १ सय ९४ कम्पनीको शेयर मूल्य घट्दा १९ कम्पनीको वृद्धि भएको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार २ सय ५६ कम्पनीको ३६ लाख ५७ हजार कित्ता शेयरको १ अर्ब ३३ करोड ६३ लाख बराबरमा खरीद बिक्री भएको छ । कारोबारमा आएका सबै समूहका परिसूचक घट्दा सबैभन्दा धेरै वित्त, व्यपार, लघुवित्त समूहमा २ प्रतिशतले घटेको छ भने बाँकी १ प्रतिशतको हाराहारीले ओरालो लागेको छ ।

बिहीबारको कारोबारमा दई कम्पनीको शेयरमूल्यमा सबैभन्दा वृद्धि भएको छ । जसमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयर मूल्य ४ प्रतिशत भन्दा बढिले बढेको छ । बिहीबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा बिहीबार सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।