
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई १८० रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएकाे हाे ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।
पीएनजीले टस जितेर पहिले ब्याटिङ गरेको हाे ।
प्रतिक्रिया दिनुहोस्