
काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सरोकारवालालाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।
अतिक्रमण गरेर निर्मित संरचना महानगरपालिकाको टोलीले निरीक्षण गरेपछि त्यसलाई हटाउन निर्देशन दिएको छ ।
कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी, पशुपति क्षेत्रमा २० वटा बढी सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ ।
धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।
कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो । सोहीअनुसार महानगरले अनुगमन गरी तत्काल त्यस्ता संरचना हटाउन सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्