१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जर्मन चान्सलर ओलाफ स्कोल्ज अमेरिकामा, युक्रेनमा भएको रुसी आक्रमणबारे छलफल हुने


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफलका लागि आज वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गरेका छन् ।

सन् २०२२ फेबु्रअरीपछि भएको स्कोल्जको पहिलो वासिङ्टन भ्रमणले नेताहरूलाई रुसविरुद्ध युक्रेनलाई समर्थन गर्ने आफ्नो संकल्प व्यक्त गर्ने अवसर मिलेको छ । यो वार्ताले मुद्रास्फीति न्यूनीकरण ऐनअन्तर्गत वासिङ्टनको हरित अनुदानबारे जर्मनीको डर र बर्लिनको बेइजिङसँगको निरन्तर बलियो आर्थिक सम्बन्धप्रति अमेरिकी चेतावनीलगायत यी दुईलाई विभाजित गर्ने जटिल विषयहरूमा केन्द्रित हुने सम्भावना छ ।

बैठकको पूर्वसन्ध्यामा संसदलाई सम्बोधन गर्दै स्कोल्जले युक्रेनका दुई ठूला समर्थकबीचको साझेदारी ‘पहिलेभन्दा नजिक र बढी विश्वासिलो’ रहेको बताएका थिए ।

यसैबीच, रुसले शुक्रबार पश्चिमा देशहरूलाई युक्रेनलाई थप हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ ।