१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रेमिका सबासँग बिहे गर्दै अभिनेता ऋतिक रोशन


5.174k
Shares

काठमाडाैं । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटेका छन् ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्ने तयारी जुटेका हुन् ।

हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्।

ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए।

अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। उनीहरूकाे दुई छाेरा छन्।