
एजेन्सी । बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।
बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई सरकाविरोधी गतिविधि गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको हाे । बियालियात्सकीमाथि सरकार विरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप समेत लागेकाे छ ।
सार्वजनिक व्यवस्थाको उल्लंघन गर्ने कार्य तथा तस्करीमा दोषी ठहराइएको भियास्ना मानव अधिकार समूहले भनेको बीबीसीले उल्लेख गरेको छ । बियालियात्सकी यस अघि नै अनुसन्धानका लागि हिरासतमा थिए ।
सन् २०२२ को नोबेल शान्ति पुरस्कार विजेता बियालियात्सकीका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्