२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङमा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवनको निर्माण कार्य सम्पन्न


104
Shares

बझाङ । बझाङकाे चैनपुरमा पुरानो श्री सत्यवादी माविमा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ।

जयपृथ्वी नगरपालिका-१० चैनपुर घर भएका अर्जुुनबहादुर सिंहले आफ्ना बुुबाको सम्झनामा चैनपुरमा रहेको सत्यवादी माविमा यस पुुस्तालय भवन निर्माण गर्नुभएकाे हाे । एक तले एउटा हल रहेको पुुस्तालय भवन निर्माण सम्पन्नपछि शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच सदरमुकामवासी सिंह परिवारले विद्यालयलाई भवन हस्तान्तरण गरेका हुन् ।

आफ्ना स्वर्गीय बुुबा सोही विद्यालयका पूर्वशिक्षक ज्ञानबहादुर सिंहको सम्झनामा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवन नामाकरण गरी भवनको साँचाे विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायलाई बुुझाएको थियो । हाल काठमाडाैंमा बसोबास गर्दै आउनुभएका अर्जुनबहादुर सिंहले भवन निर्माणका लागि ४१ लाख ७३ हजार रूपैयाँमा स्थानीय र्निमाण व्यवसायी दलबहादुर विष्टलाई जिम्मा दिनुभएकाे थियाे ।

भवन हस्तान्तरण समारोहमा सिंहका परिवारहरुले सत्यवादी विद्यालय स्थापना गर्न आफ्ना पूर्खा जयपृथ्वीबहादुर सिंहसहित बुबा र हजुरबाहरुको ठूलो योगदान रहेकाले अहिलेको पुुस्ताले पनि केही योगदान गर्नुपर्छ भनेर बुुबाको स्मृतिमा पुुस्तकालय भवन निर्माण गरिदिएको बताउनुभयाे ।

पुस्तालय भवनले यहाँका विद्यार्थी साथै शिक्षकहरुको ज्ञानगुन र शैक्षिक स्तरमा सुुधार आउने पनि पुुस्तकालय भवन निर्माणकर्ता अर्जुनबहादुर सिंहले अपेक्षा गरेको बताउनुु भएको थियो । यस अघि पनि सत्यवादी माविमा तुलसीराम जोशी, दलबहादुर विष्ट र महेश जोशी लगायतले छात्रवृद्धि कोष स्थापना गरेका थिए ।

भवन निर्माणका लागि सिंह परिवारलाई धन्यवाद दिंदै विद्यालयका प्रधानाध्यापक उपाध्यायले पुुस्तकालय भवनलाई पुुस्तकालयका रुपमा प्रयोग गर्ने बताउनुुभयो ।