
बारा । जिल्ला प्रहरी कार्यालयमा बारामा ७ महिना यता १० करोड भन्दा बढीकाे चेक बाउन्सका उजुरी परेका छन् ।
चालू आर्थिक वर्षको माघसम्म चेक बाउन्सको मात्रै २ सय ७९ उजुरीमा १० करोड भन्दा बढी रुपैयाँको चेक बाउन्सको उजुरी परेका हुन् । जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख भए अनुसार १ सय १८ जाहेरी, १ सय १३ ठाडो निवेदन र ४८ वटा दर्ता गरिएका मुद्दा रहेका छन् ।
अपराध शाखाका प्रहरी निरीक्षक रुद्रराज कँडेलले प्राय सबै उजुरी मिटर ब्याजीको रहेकोमा केही जग्गा कारोबारी र एकाध सामान्य लेनदेनको रहेकोे बताउनुभयाे। उहाँले चेक बाउन्सका उजुरी ह्वात्तै बढेकोले रकमको ठ्याक्कै तथ्यांक निकाल्न नसकिए पनि करिब १० करोड बढी हुन सक्ने जानकारी गराउनुभएकाे छ ।
सहकारी संचालक, सहकारीमा पहुँच राख्ने कारोबारी, बैकबाट (ओडी)ओभर ड्राफका रकम झिकेर मिटर ब्याजमा लगाउनेहरुको नै चेक बाउन्सको उजुरी बढिरहेको प्रहरीले जनाएको छ । मिटर ब्याजीहरुले एक हप्ताको १० प्रतिशत र हाट बजारको दिन एक दिन सापट लिएको लाखको ५० हजार र लामो समयको मासिक ५ देखि १० प्रतिशत ब्याजमा बढी रकमको चेक लिदै रकम ब्याजमा दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
चेक बाउन्सको उजुरीमा प्राय उनीहरुकै बढी देखिएको र अनुसन्धानबाट चेक बाउन्स गर्ने व्यक्ति वर्षाैदेखि मिटर ब्याजी भएको समेत खुल्न आएको छ । जिल्लाको प्रमुख बजारहरु सिमरा, जितपुर, बजारका धेरै बैंकिङ कसुरको मुद्दा जिल्ल प्रहरी कार्यालय बारामा परेको प्रहरीले बताएकाे छ।
प्रतिक्रिया दिनुहोस्