१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा सेफ्टी ट्यांकीमा महिलाको शव फेला


234
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ ।

निर्माणधिन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिबार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । शव बालवालिकाले देखेपछि प्रहरीलाई जानकारी गरेका थिए ।

पानीमा डुबेकोले शवलाई पहिचान गर्न नसकिएको र घटनाके बारेमा प्रहरी अनसन्धान समेत सुरु गरेको छ । हत्याको आशंका गरिएको शव कसको हो भन्ने कुराको अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक कपिल जंग शाहीले बताउनुभयाे ।

दुर्गन्धित क्षेत्र रहेकाले शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।