१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटङमा निर्माणाधिन विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र


130
Shares

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाकाे सिम्पानीमा निर्माणाधिन नेपाल विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ ।

३ वर्षमा सम्पन्न गर्नेगरी भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन अझै पूरा भएको छैन । कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेशन निर्माणको काम अलपत्र पारेर सम्पर्क विहीन भएको स्थानीयवासीन्दा माइतीराज राईले बताउनुभयो ।

सम्झौता अनुसार बनिसक्नुपर्ने सबस्टेशनको क्वाटर र कन्ट्रोल विल्डिङको काम अहिलेसम्म पनि अधुरै छ । सबस्टेशनका लागि उपकरण ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण काम नलाग्ने अवस्थामा पुगेको स्थानीय वासीन्दाको भनाइ छ । कतिपय संरचनाको पिलर मात्र ठड्याएर कम्पनी सम्पर्क विहीन भएको हो ।

बाँकी काम पूरा गराउन पटक–पटक विद्युत् प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिनुभयो । सबस्टेशन निर्माणमा ढिलासुस्ती हुँदा खोटाङको उत्तरी क्षेत्रका सेवाग्राही गुणस्तरीय विद्युत् सेवाबाट बञ्चित भएका छन् ।