२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगा जीप दुर्घटना अपडेट: मृतकाे सनाखत

अधिकांश घाइतेकाे अवस्था गम्भीर

169
Shares

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको बोलेरो जीप आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका हुन् । ना १ ज ८४८३ नम्बरको बोलेरो जीप चिशंखुगढी-३ को दियालेस्थित राहुटारमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा स्थानीय ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मिनबहादुर श्रेष्ठ रहेका छन् ।

दुर्घटनाका घाइते भएका मध्ये अधिकांशकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले घाइतेहरुलाई दुर्घटनास्थलबाट उद्दार गरेर हेलिकोप्टर मार्फत काठमाडौं पठाउने कार्य भइरहेको छ ।

बोलेरो जीप सडक भन्दा १ सय मिटर तल खसेकाे प्रहरीले बताएकाे छ । उक्त जीप के कारणले दुर्घटनामा परेको हो भन्ने बारेमा अझै खुलेको छैन ।