
काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
२४ औं यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्ने गरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उहाँकाे तर्क छ ।
उहाँले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि दाहाललाई प्रधानमन्त्री बनाउनु परे पनि उहाँले त्यसलाई धान्न नसकेको बताउनुभयो ।
महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटक-पटक दोहोर्याउनु भयो । मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि उहाँले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्