
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतको लागि राखेको प्रास्तवपछि नाउपाले सो निर्णय गरेको हो ।
बैठकको छलफलमा भाग लिँदै नाउपाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले विश्वासको मत दिने बताएका हुन् ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नाउपाले मुख्यमन्त्री शाहलाई भने विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्