१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होलीको पूर्वसन्ध्यामा लोसपाका नेताले मनाए होली


117
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।

पात्रो अनुसार पहाडमा सोमबार र तराईमा मंगलबार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरुले होली पर्व मनाएका हुन् ।

पार्टी केन्द्रिय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’को ब्यानरमा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुसहित दर्जनौँ पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरुलाई होली पर्वको शुभकामना दिनुभएको थियो । समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजासहित गीत पनि गाइएको थियो ।