
काठमाडौं । नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताउनुभएको छ ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको हो ।
उहाँले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने बताउनुभयो । उहाँले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताउनु भयो । उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणाा राख्नुभयो ।
संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्