
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने भएको छ ।
आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने जानकारी दिएको हो ।
नेपालका वित्तीय सहरकारीका व्यवस्थापकीय ४५० जना भन्दाबढी प्रमुखहरुलाई गोष्ठीमा सहभागी गराउने उद्देश्य रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले नेफ्स्कूनले हरेक तीन वर्षमा यस्तो गोष्ठी गर्दै आएको र यो वर्ष त्यसको निरन्तरता भएको बताउनुभयो ।
उहाँले गोष्ठीको आयोजना विशेष गरी सहकारीका कार्यकारी प्रमुखहरुलाई लक्षित गरेर गरिएको बताउनुभयो । उहाँले ४८ जिल्लाका सहकारीका ३९८ जना प्रमुख कार्यकारीहरुले गोष्ठीको लागि आवेदन दिएको बताउनुभयो । उहाँले गोष्ठीको लागि विदेशबाट अनुभवी कार्यपत्र प्रस्तुतकर्ताहरु ल्याएको बताउनुभयो । उहाँले गोष्ठीले पछिल्लो समय नेपालका सहकारीहरुमा देखिएको समस्याका समाधानको लागि सहयोग पुर्याउने बताउनुभयो ।
त्यस्तै, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्ने गोष्ठिीको उद्देश्य रहेको बताउनुभयो । उहाँले विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरुमार्फत ज्ञान, सीप र प्रविधिको अवलम्वन हस्तान्तरण गर्ने रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्तरमा भएका वित्तीय सहरकारीका लागि विकास भएका औजार समाधानहरुको आन्तरिकीकरणको लागि दिशा निर्देशन गर्न बताउनुभयो ।
उहाँले वित्तीय सहरकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु, सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी प्रोत्साहित गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्