
काठमाडाैं । फागु पूर्णिमा अर्थात होली पर्व मनाउन सुरु भएकाे छ ।
साेमबार बिहानैबाट काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ होली मनाउन सुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि मनाइएकाे हाे । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् ।
वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यति बेला भीड लागेकाे छ ।

साेमबार फागु पूर्णिमाको अवसरमा देशका पहाडी भू-भागमा होली खेलेर मनाइँदैछ । साेमबार पहाडी र हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा रहेकाे छ ।
असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेकाे छ । एक-अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ ।
यतिबेला काठमाडौंका विभिन्न स्थानमा होली पर्वलाई मानिसहरूले हर्षोल्लाका साथ मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्