९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही


143
Shares

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाई गरिएको छ ।

ट्राफिक प्रहरीले सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको हो ।

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’राखिएको उपत्‍यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।