
काठमाडौं । बागलुङकी बेलकुमारी गौतमको हत्यामा संलग्न इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी गौतमको हत्यामा संलग्न सोही गाउँका ४३ वर्षीय विकलाई प्रहरीले सार्वजनिक गरेको हो ।
फागुन १९ गते राति ६५ वर्षीया गौतमको शव उनको घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भीरमा फेला परेको थियो । शव फेला पर्दा गौतमको गहना लुटिएको देखेपछि हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको हो । विकले गौतमको मुन्टो बटारेर हत्या गरि गहरगहना लुटेपछि भीरबाट खसालेको अनुसन्धानमा देखिएपछि पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
विकले आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्