
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुग्नुभएका नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्