
तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा साेमबार फागुपूर्णिमा तथा होली पर्व हर्षोल्लासका साथ सम्पन्न भएकाे छ ।
साेमबार भव्य रूपमा सांगितिक कार्यक्रम गरेर होली पर्व सम्पन्न गरिएकाे हाे । साेही कार्यक्रम चर्चित कलाकार बबिना राई र पदम राईको साथमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सिंहदेवी युवा क्लब सिधुवा र सिधुवा बजार व्यवस्थापन समितिले आयोजना गरिएको समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । वडा नम्बर ६ को कार्यालय साथै स्थानीय संघ सस्थाहरुको सहयोग रहेको क्लबका दिवेश खड्काले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय कालकारको साथमा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । कार्यक्रममा धनकुटा र तेह्रथुमका स्थानीयहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्