२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जाको भीरकोटमा दोस्रो बालमैत्री दिवस सम्पन्न


546
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले साेमबार दोस्रो बालमैत्री दिवसकाे अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेकाे छ ।

बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई बालमैत्री दिवसको रुपमा मनाउँदै आएको हाे । २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ ।

बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई भीरकोटले बालमैत्री दिवसको रुपमा मनाउदै आएको छ । बालमैत्री दिवस समारोहमा बोल्दै राष्ट्रिय सभाका पूर्वसांसद खगेन्द्रराज रेग्मीले नगरपालिकालाई बालमैत्री घोषणासँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनु पर्नेमा जाेड दिनुभयाे।नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन र गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने उहाँले बताउनुभयको हो ।

बालबालिकाको समग्र वृद्धि र विकासलाई प्राथमिकतामा राखेर बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा आशावादी रहेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो।अहिले भीरकोटका सबै विद्यालयमा छात्र र छात्रामैत्री शौचालय रहेका छन् । सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । सबै घरमा शौचालय बनेको छ ।

बालबालिकाहरुको जन्म दर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्यूनीकरणको काम तीब्र रुपमा गरिरहेको छ । वालविवाह रोकथाम र न्यूनिकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत ४ वर्षदेखि मात्रै सुरु गरेको थियो ।

साेही समयमा कोभिड-१९ काे महामारीका कारण अभियान प्रभाववित भएकाे थियाे । बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गरेको निवर्तमान मेयर छायाराम खनालले बताउनुभयाे । बालमैत्री सम्वन्धि अवधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको छ ।