२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फ्रान्समा अनिश्चितकालीन हडताल सुरु


221
Shares

एजेन्सी । सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध फ्रान्समा मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् ।

मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका हुन् ।

अनिश्चितकालसम्म हडताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ । अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सहभागी हुने बताइएको छ ।

फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्‍याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक–पटक हड्ताल गर्दै आएका छन् ।

मंगलबारबाट सुरु हडताल छैठौं पटकको हो । देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने र अर्थव्यवस्थालाई गम्भीर रूपमा क्षति पुग्ने सम्भावना रहेको फ्रान्सका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

राष्ट्रपति इमानुयल म्याक्रोँ भने हालको निवृत्तिभरणको आर्थिक बोझ राज्यले धान्न नसक्ने र त्यसको भार युवाहरुले धान्नु परिरहेकाले यसलाई परिमार्जन गर्नुपर्ने तर्क गर्दै आउनुभएको छ ।