
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताउनुभएको हो ।
नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उहाँले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनुनहुने बताउनुभयो ।
उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्