१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोलखामा जीप दुर्घटना हुँदा १६ जना घाइते


962
Shares

दोलखा । दोलखामा बोलेरो जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित डाडाँगाउँमा मंगलबार दिउँसो नाम्दुबाट मैनापोखरी जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो ।

बोलेरो सडकको बिचमा पल्टिएको छ । दुर्घटनामा घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

सबै घाइतेलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका– ६ का वडाध्यक्ष अशोक तामाङले बताउनुभयो ।